होमपेज / समाज
इन्द्र बुढाथोकी फागुन १३,सल्यान
सल्यान बनगाड कुपिण्डे नगरपालिका कृषि शाखाको कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा सहकारी, समूह तथा फर्महरूलाई प्लास्टिक टनेल वितरण गरिएको छ ।
नगरपालिकाको सुचना अनुसार आवेदनको आधारमा १० वटा कृषि समुहलाई करिब २०० प्लास्टिक टनेल वितरण गरिएको कृषि शाखा प्रमुख कमल बोहराले जानकारी दिनु भएको छ ।
नगरपालिका भित्रका बनझाडी कृषक समूह, क्रियाशील कालगाउ कृषक समूह, चौतारा रातामाटा कृषक समूह, सचेतना कृषि समूह, हरियाली आलु टिमुर कृषक समूह, एकीकृत उत्कृष्ट पोषण आमा कृषक समूह, ढोरपिपल साना किसान कृषि सहकारी संस्था, कुपिण्डे ताल साना किसान कृषि सहकारी संस्था, परिवर्तन कृषि सहकारी संस्था र थापा खैराबाङ्ग कृषि फर्म लगायतलाई वितरण गरिएको छ ।
वितरण कार्यक्रम बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले प्लास्टिक टनेल सही तरिकाले प्रयोग गरेर कृषि समूहमा उत्पादन वृद्धि गर्न आग्रह गर्नु भएको छ । टनेल लिने जथाभाबी प्रयोग गर्ने गरेको विगतमा देखिएन पनि अब त्यसो नगर्न सबैमा अनुरोध गर्नु भएको छ ।
कार्यक्रम नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती लगायतको सहभागिता रहेको थियो ।





.jpg)