ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अभद्र व्यवहार मुद्दामा फरार प्रतिवादी पक्राउ

  सल्यान खबर डेस्क २०८० फाल्गुण ११ गते शुक्रबार १८:५१:२३ मा प्रकाशित

फागुन ११,सल्यान 
सल्यान प्रहरीले सार्वजनिक हित विरुद्धको कसुर (अभद्र व्यवहार) मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । झण्डै दुई महिना देखि फरार सल्यान शारदा नगरपालिका १० का २६ वर्षीय कमल खड्कालाई सदरमुकाम खलंगाबाट पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय सल्यानले खड्कालाई २०८० पुस २४ गते १५ दिन कैद र ९ हजार ८०० जरिवाना तोकेको थियो । फरार खड्कालाई शुक्रबार दिउँसो खलगामा हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
 पक्राउ परेका खड्कालाई फैसला कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा बुझाइएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top