ट्रेण्डिङ

होमपेज / समाज

त्रिवेणी गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०८० फाल्गुण ९ गते बुधबार २०:१३:२७ मा प्रकाशित

फागुन ९,सल्यान 

त्रिवेणी गाउँपालिका ६ भुम्केज्यूलामा  १ दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । त्रिवेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा घुम्ती शिविरको रुपमा बुधबार शिविर सम्पन्न भएको हो । 

शिविरमा १३३  जना कृषकका १२६ गाई गोरु, ६  वटा भैसी,  ९६४ बाख्रा, १५८२ कुखुरा र २ वटा बंगुरलाई निशुल्क उपचार तथा औषधी वितरण गरिएको छ । २३ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । शिविरमा ७ वोकाको बन्ध्याकरण समेत गरिएको छ । पालिmकाको केन्द्र भन्दा टाढा रहेका किसानहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको र शिविरमा किसानहरुको उल्लेख्य सहभागिता रहेको उहाँको भनाई छ । 

्र त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत ज्युको अध्यक्षता संचालन भएको कार्यक्रम मा ६  नं वडा अध्यक्ष मनोज शाह, वडा सदस्य, वडा सचिवको उपस्थिति रहेको थियो  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top