ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा मोटरसाइकल दुर्घटनाः घाइते एक जनाको मृत्यु (अपडेट)

  सल्यान खबर डेस्क २०८० फाल्गुण ९ गते बुधबार १८:५४:११ मा प्रकाशित

फागुन ९,सल्यान 
राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका ५ बांगेलाखुरीमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागचौर नगरपालिका १२ बाफुखोलाका ४६ वर्षीय वीर बहादुर ओली रहेका छन् ।

गम्भीर घाइते ओलीको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिनु भयो । 

बुधबार बिहान रुकुमबाट  दाङ जाँदै गरेको ना ७ ख ९७८२ नम्बरको टिप्परलाई शोही दिशाबाट आउँदै गरे्को रा ४ प १४६७ नम्बरको मोटरसाइकले ओभरट्याक गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार ओली गम्भीर घाइते हुनु भएको थियो । गम्भीर घाइते ओलीलाई तत्काल उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top