ट्रेण्डिङ

होमपेज / समाज

सल्यान मोटरसाइकल दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत उद्धार

  सल्यान खबर डेस्क २०८० फाल्गुण ९ गते बुधबार १६:५५:०४ मा प्रकाशित

फागुन ९,सल्यान 
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । 
बुधबार बिहान बागचौर नगरपालिका ५ बांगेलाखुरीमा  ना ७ ख ९७८२ नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा रा ४ प १४६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । 

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार बागचौर नगरपालिका १२ बाफुखोलाका ४६ वर्षीय विर बहादुर ओली गम्भीर घाइते हुनु भएको थियो । 

सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते ओलीको ढाड र शरीरमा चोट लागेको छ । 
मोटरसाइकल, मोटरसाइकल चालक, टिप्पर र टिप्पर चालकलाई नियन्त्रणमा लिएको  प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top