होमपेज / समाज
फागुन ७,सल्यान
सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्य भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्रि सडकमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका थिए ।
उनको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो ।





.jpg)