ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते

  सल्यान खबर डेस्क २०८० फाल्गुण ७ गते सोमबार १८:५६:५१ मा प्रकाशित

फागुन ७,सल्यान 
सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । 

जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला  लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्रि सडकमा दुर्घटना भएको हो । 
दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी अर्जुन विक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो । घाइते विकलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top