होमपेज / समाज
फागुन ४,सल्यान
सल्यान त्रिवेणी गाउँपालिका ३ पिमखोलामा भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा २ हलार ५ सय बढी पशुचौपयाको उपचार गरिएको छ । शुक्रबार भएको निःशुल्क शिविरमा २ हजार ५ सय ५५ पशुचौपयाको उपचार तथा औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
शिविरमा १ सय ४ कृषकका १ हजार १० बाख्रा, १ हजार २ सय ६९ कुखुरा, १२५ गाईगोरु, ५८ भैसीलाई निःशुल्क उपचार तथा औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख वसन्त रावतले जानकारी दिनु भयो । उहाँका अनुसार २३ कुकुरमा रेविज विरुद्धको खोप लगाइएको छ ।
दुरदराजमा रहेका कृषकहरुलाई गाउँबस्तीमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यका साथ पालिकाको केन्द्रकाट टाढा रहेका बस्तीहरुमा पुगी शिविर सञ्चालन गरिएको रावतको भनाई छ । अर्को शिविर फागुन ९ गते वडा न ६ को भुम्केज्युलामा सञ्चालन गरिने उहाँले बताउनु भयो ।





.jpg)