ट्रेण्डिङ

होमपेज / समाज

चट्टान छिचोल्दै बिकटमा सडक, सल्यान छत्रेश्वरीका स्थानीय खुशीले ढंग

  सल्यान खबर डेस्क २०८० फाल्गुण ४ गते शुक्रबार १६:३१:४५ मा प्रकाशित

सल्यान, ४ फागुन ।
भीर फोडेर चट्टान छिचोल्दै सल्यान छत्रेश्वरी गाउँपालिकाको दुर्गम बस्तीमा मोटरबाटो पुगेको छ । गाउँपालिकाको वडा न ४ कोजटिल भुगोलमा झंखानी आकाशी हुँदै त्रिवेणी जोड्ने सडक निर्माण निर्माण गरेसँगै अक्कासी, झंखानी, वेतीनी, भेरिखोर, कालुपहरका स्थानियहरु हर्षित भएका छन् ।

उमेरले ७८ वर्ष पुगिसकेका अक्कासीका दुर्गालाल खत्रीले बल्ल आफ्नो गाउँठाउँमा उज्यालो पसेको बताउनु भयो । उहाँले भन्नु, अक्कासीमा अहिले उज्यालो पस्यो । गाउँपालिकाले ठूलो उपलब्धी ल्याइदिएको छ । भिर हेर्दा खेरी त बाटो आउने जस्तो थिएन । स्थानीय सरकारको जोडले सडक आयो । अति खुसी छौँ ।
सडक निर्माण भएपछी छिमेकी गाउँपालिका त्रिवेणीका स्थानीयहरुलाई पनि सहज भएको  त्रिवेणी ५ सिम्कका तेज बहादुर डाँगीले बताउनु भयो । विकट बस्ती, एक घरबाट अर्का घरमा पुग्न पनि घण्टौ लाग्ने आफ्नो गाउँ वस्तीमा सडक आइपुगेपछि अक्कासी निवासी यशोदा वली खुसीले खुसी ब्यक्त गर्नु भयो । 

वस्ती र घरधुरी थोरै भए पनि आफ्नो क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण भएको भन्दै स्थानीय जेष्ठ नागरिक फौद बहादुर खत्रीले आफुहरुको समस्या बुझ्ने, सुखदुखमा साथ दिने स्थानीय सरकार रहेछ भन्ने कुराको अनुभुती भएको बताउनु भयो । 

नागरिकको चुलोको सरकारको रुपमा रहेको स्थानिय सरकारले  जन अपेक्षालाई पुरा गर्न सकेकोमा सन्तुष्टी मिलेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले  आफुहरुले गाउंपालिकाका ७ वटै वडामा बाटो, खानेपानी, सिंचाई, विद्युत लगाएतका काम गरिरहेको बताउनु भयो । तर विकट र दुर्गम भएकाले ४ नम्बर वडालाई सबै जनप्रतिनिधीले प्राथमिकता दिएको उहाँको भनाई छ । 

 प्राविधिक मुल्यांकन अनुसार यस सडक निर्माणका लागि ३३ लाख ७८ हजार ९३१ रुपैयाँ बढी लगानी भएको पुर्वाधार बिकास शाखाले जनाएको छ । करिव ४५ दिनको लगातारको कडा मिहेनत पश्चात गाउँपालिकाले जटिल, विकट भुगोलमा सडक पुर्याउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिनु भयो । चुच्चेपोखरा देखी अक्कासी र अक्कासीदेखी भेरीखोरसम्म महत्वपूर्ण काम भएको उहाँले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top