होमपेज / समाज
सन्तोष घर्ती फागुन,३ सल्यान
सल्यान कपुरकोटका नागरिकहरुले पछिल्लो समय आन्तरिक धार्मिक पर्यटन प्रबद्र्धनमा चासो दिन थालेका छन् । कपुरकोटमा रहेको दक्षिण कालिका मन्दिरमा पुजापाठ,बिबाह,ब्रतबन्ध,भाकल लगायतका धार्मिक संस्कारका कार्यहरु गरेर धार्मिक पर्यटन प्रबद्र्धनमा चासो दिन थालेका हुन् ।
दक्षिण कालिका मन्दिर कपुरकोट गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल मध्य एक हो । कपुरकोट बजार देखि करिव १ किलो मिटर दक्षिण तथा राप्ती लोकमार्गको सामुन्यमा रहेको सुन्दर, शान्त र मनोरम बाताबरणमा अवस्थित यो मन्दिर १४ सय ३२ मिटर को उचाईमा छ । यो मन्दिरमा शुद्ध मनले पुजापाठ गरेमा आफुले चिताएको कुरा पुरा हुने जनबिश्वास रहेको धार्मिक अगुवा कृष्ण कुमार धितालको भनाई छ ।मन्दिर ब्यस्थापन समितिका सचिब रुद्रबिर कवरको भनाई छ ।
बि.सं.१९२९ साल तिर दाङ सल्यान यात्रा गर्ने बटुवाहरुले भगबती देबीको स्वरुप देखेर पुजापाठ गरी मनोकांक्षा पुरा भएको सुनाए पछि खरको झुपरी बनाएर मन्दिर स्थापना गरिएको थियो । यस अघि दक्षिण कालिका भगबती मन्दिरमा नबदुर्गाको दिनमा मात्र पुजापाठ गर्ने गरिएकोमा २०८० भदौ १४ गते जनैपूर्णिमाको दिन देखि ब्राहमणको उपस्थितिमा दैनिक पुजापाठ गरिन्छ । मन्दिरमा बिशेष पुजापाठ गर्ने श्रद्धालु भक्तजनहरुलाई सम्मान समेत गर्ने गरेको मन्दिरका मुख्य पुजारी भुबनेश्वर गौतमले जानकारी दिनु भयो ।
यो मन्दिरमा पहिलो पटक कपुरकोटका समाजसेबी डिल बहादुर बुढाथोकीले औपचारिक रुपमा पहिलो पटक लक्ष्य बर्तिका(लाखबत्ती)दिप प्रजवलन गरी आन्तरिक धार्मिक पर्यटन प्रबद्र्धनमा सहयोग गरेको भन्दै मन्दिर ब्यबस्थापन समितिले बुढाथोकीलाई सम्मान समेत गरेको छ ।
दक्षिण कालिका मन्दिरको बृहत रुपमा प्रबद्र्धन गर्न भन्दै भौतिक संरचना निर्माणका लागि गाउँपालिकाले डि.पि.आर समेत गरेको छ । मन्दिरको भौतिक संरचना निर्माण र प्रचार प्रसार गर्नका लागि यहि फागुनको अन्तिम साताबाट धार्मिक सप्ताह लगाउने योजना बनाएको मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डम्बर बहादुर एरीले बताउनु भयो ।





.jpg)