ट्रेण्डिङ

होमपेज / समाज

स्वास्थ्य सामग्री खरिद सम्झौता स्वास्थ्य सेवा विभागद्वारा रद्द

  सल्यान खबर डेस्क २०७६ चैत्र १९ गते बुधबार १७:०५:१५ मा प्रकाशित

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन गरेको सम्झौता रद्ध गरेको छ ।

बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको बताए।

'हामीले प्रचलित बजार भाउभन्दा २० प्रतिशत महंगो भएपनि सामान आउँछ भने ठिक छ भनेर सम्झौता गरेका थियौं। तर १० प्रतिशत मात्रै सामान आयो। बाँकी सामान आउने कुनै छाँटकाँट छैन,' उनले भने, 'त्यसैले हामीले ओम्नीसँग गरेको सम्झौता रद्द गरेका छौं। उसले राखेको ५ करोडको धरौटी जफत गर्ने र कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाएका छौं।'

उनले बिहीबार नै अन्य कम्पनीहरुलाई बोलाइएको र सामान किन्नका लागि पुन: प्रक्रिया अगाडि बढाइने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top