ट्रेण्डिङ

होमपेज / समाज

बाँदर धपाउन सल्यानका किसानलाई यन्त्र वितरण

  सल्यान खबर डेस्क २०८० माघ २९ गते सोमबार १९:०२:४८ मा प्रकाशित

माघ २९,सल्यान 
किसानले लगाएको बालीनालीमा बाँदरले नष्ट गर्न थालेपछि सल्यानको कुमाख गाउँपालिकाका विभिन्न वडामा रहेका पिडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । 

किसानले लगाएको बालीनालीमा बाँदर आएर नोक्सानी गर्न थालेपछि किसानहरुको आग्रहमा कुमाख गाउँपालिकाले बाँदर धपाउने यन्त्र वितरण गरेको हो । 
कालिका इन्जिनियरिङ वर्कसपले उत्पादन गरेको यन्त्र पालिकाको वडा न २ र ४ का ६० किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ । बस्तीहरुमा बाँदर आएर किसानहरुले लगाएको अन्नबाली नष्ट गर्न थालेपछि किसानहरुको आग्रहमा यन्त्र वितरण गरिएको कुमाख गाउँपालिका २ का वडाध्यक्ष इश्वरी शाहीले जानकारी दिनु भयो । बाँदर धपाउने यन्त्रमा एक प्रकारको रसायन राखिने र त्यसलाई चलाउदा मेसिनबाट ठूलो आवाज निकाल्ने र बाँदर भाग्ने उहाँको भनाई छ । 

यन्त्र वितरण गरिएका किसानलाई यन्त्र चलाउन पनि सिकाइएको छ । बाँदर धपाउने यन्त्र पाएपछि बाँदर धपाउन सहयोग पुग्ने किसानले विश्वास लिएका छन् । बाँदरले क्षति गर्ने क्षेत्र हेरर वडाका सबै किसानलाई लाभ मिल्ने गरी यन्त्र वितरण गरिएको वडा न ४ का वडाध्यक्ष शोभीलाल बस्नेतले बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top