ट्रेण्डिङ

होमपेज / समाज

सल्यान त्रिवेणी १ मा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

  सल्यान खबर डेस्क २०८० माघ २९ गते सोमबार १८:५६:५५ मा प्रकाशित

माघ २९,सल्यान 
सल्यानको त्रिवेणी गाउँपालिकाले किसाहरुको लागि एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ । त्रिवेणी गाउँपालिकाको पशु सेवा शाखाले पालिकाको वडा न १ गुनाफलामा भएको शिविरमा पशुचौपायाको उपचार, बन्ध्याकरण तथा निःशुल्क औषधी वितरण गरिएको छ । 

शिविरमा ११२ किसानका १६० गाईगोरु, १५ भैसी, १०४७ बाख्रा, १०६१ कुखुरा, ५ बंगुरको उपचार तथा निःशुल्क औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिका पुश सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनु भयो । यस्तै २६ कुकुरलाई रेबिज विरुद्धको खोप, ४ बोकालाई बन्ध्याकरण गरिएको उहाँको भनाई  । 

पशुसेवा शाखाको सेवाभन्दा टाढा रहेका बस्तीहरुमा पशु स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको रावतको भनाई छ । निःशुल्क पशु स्वास्थ्य शिविर पालिकाको वाडन  ३,४ र ६ मा पनि सञ्चालन हुने उहाँले बताउनु भयो । 

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको शिविरमा वडा न १ का वडाध्यक्ष दल बहादुर बस्नेत, ४ का वडाध्यक्ष छविराज शर्माको समेत उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top