ट्रेण्डिङ

होमपेज / समाज

 शंखमुल जयचौर खर्सुबास सडक खण्ड स्तरोन्नति सुरु

  सल्यान खबर डेस्क २०८० माघ २६ गते शुक्रबार १८:५७:०७ मा प्रकाशित

सल्यान, २६ माघ । 

बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन गर्ने गरी सल्यानको छत्रेश्वरी गाउँपालिकाले सडक निर्माण सुरु गरेको छ । एक करोड ६० लाख रुपैयाँ लागतमा शंखमुल जयचौर खर्सु बास सडक खण्ड स्तरोन्नति सुरु भएको हो । उक्त सडकको शुक्रवार गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले शिलान्यास गरे । सो अवसरमा उनले निर्माण कम्पनी र प्राविधिक टोलीलाई गुणस्तरीय कामका लागि निर्देशन दिए । 

सडकले दूरी छोट्याउने र गाउँको उत्पादनलाई बजारसम्म पुर्‍याउने, थातथालो छोड्नेको सङ्ख्यामा कमी ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता दिलाउने भएकाले गुणस्तरीय सडक निर्माणमा उनको जोड छ । 

शंखमुल जयचौर खर्सु बास सडक खण्डमा नाला सँगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाइप तथा ग्याविन जाली, मोड सुधार लगायतका काम हुने गरी स्तरोन्नति कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ । 

यस योजनाको लागि छत्रेश्वरी गाउँपालिकाको ८० लाख र सङ्घीय समपूरक अनुदानको ८० लाख रुपैयाँ रहेको छ । तर उक्त रकम बराबरको काम हुने गरी जिमजियांग कन्स्ट्रक्सन सेवाले यो सडक निर्माणका लागि ७३ लाख २२ हजार ८४ रुपैयाँमा सम्झौता गरेको छ । 

नाला नहुँदा वर्षा याममा सडक हिलाम्मे हुने, खाल्डाखुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पुर्‍याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन समेत सहज हुनेछ । 

सडक निर्माण कार्यको शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य सहितका जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि, स्थानिय उपभोक्ता लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top