होमपेज / समाज
इन्द्र बुढाथोकी माघ २३,सल्यान
सल्यानको वनगाड कुपिण्डे नगरपालिकाको सल्लीबजारमा वास इकाई का कर्मचारीहरूको लागि विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी चार दिने मङ्गलवार देखि तालीम सुरु भएको छ । तालिममा सल्यान वनगाड कुपिण्डे नगरपालिका, दार्मा गाउँपालिका, शिद्धकुमाख गाउँपालिका र सुर्खेतको भेरीगंगा नगरपालिकाका सहित सल्यानका तीन र सुर्खेतको एक गरेर चार पालिकाका वास इकाई कर्मचारीहरूको सहभागिता रहेको छ ।
नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियनसँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता सु स्वा योजना अन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने गरि पालिकाको साझेदारीमा काम गरिरहेका छन् ।
खानेपानी आयोजना सँगसँगै घरघरमा शौचालय सुधार, जुठ्यान व्यवस्थापन, हात धुने स्थानको निर्माण, भाँडा राख्ने चाङ निर्माण लगायतका क्रियाकलापबाट सरसफाइ र स्वच्छताका क्षेत्रमा सहयोग पुग्ने । दिगो खानेपानी आयोजना निर्माण, सफा एवं सुरक्षित खानेपानी उपयोग र सरसफाइ एवम् स्वच्छताका लागि सहयोग हुने बताउनु भएको छ ।
सरसफाइ तथा स्वच्छता कसरी बनाउन सकिन्छ । दिगो खानेपानी कसरी बनाउन सकिन्छ । मुहान देखि घर सम्म दिगो स्वच्छता दीर्घकालीन कसरी बनाउन सकिन्छ । लगायतका क्षेत्रमा तालीमले सहजीकरण गर्ने बताएको छ । कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, इन्जिनियर महेश देवकोटा, वास सल्लाहकार थरेन्द्र पौडेल, राजकुमार डिसी, पवनकुमार वली लगायतको उपस्थिति रहेको थियो ।





.jpg)