ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८० माघ १९ गते शुक्रबार २०:३२:०८ मा प्रकाशित

माघ १९,सल्यान 
सल्यानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका १० पिपलनेटा स्यालागाउँका ६० वर्षीय ध्वज बहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

शुक्रबार बिहान आफ्नै बारीमा भिमलको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडी केसी घाइते हुनु भएको थियो । घाइते केसीको परोपकार हस्पिटल श्रीनगरमा उपचार भइरहेकोमा थप उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याई चेक जाँच गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top