ट्रेण्डिङ

होमपेज / समाज

हिमपात सहितको वर्षा भएपछि सल्यानका कृषकहरू हर्षित

  सल्यान खबर डेस्क २०८० माघ १८ गते बिहीबार १६:५३:३५ मा प्रकाशित

माघ १८,सल्यान 
लामो समयपछि हिापात सहितको वर्षा भएपछि कृषकहरू हर्षित भएका छन् । आकाशे पानीको भरमा खेती गर्ने किसानलाई  लामो समय पछि लेकतिर हिमपात र वर्षा भएपछि राहत पुगेको छ । यो वर्षको हिउँदको पहिलो वर्षा भएको हो । असोज देखि यता वर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्ने किसान चिन्तित बनेका थिए ।

लामो समय पछि वर्षा हुँदा खुसी लागेको किसानहरुको भनाई छ । पानी नपरेको धेरै लामो समय भएकाले, बारीमा लगाएको गहुँ, जौ, मटर लगायतका हिउँदे वाली सुक्ने अवस्थामा थिए । आकाशे पानीको भरमा खेती गर्ने कृषकहरू हरेक वर्ष हिउँद याममा पानी नपर्दा चिन्तामा रहने गरेका छन् ।

सल्यानमा  केही ठाउँमा सिँचाइको सुविधा भए पनि अधिकांश भूभागमा सिँचाइको सुविधा पुग्न सकेको छैन ।अधिकांश भूभागमा किसानहरू आकाशे पानीकै भर पर्नपर्ने बाध्यता रहेको छ ।
यस्तै बुराँसे, पातिहाल्न, वाफूखोला लगायतका ठाउँमा हिमपात भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top