ट्रेण्डिङ

होमपेज / समाज

सल्यानको एक होटेलमा पुरुष मृत फेला

  सल्यान खबर डेस्क २०८० माघ १४ गते आइतबार १७:२३:४६ मा प्रकाशित

माघ १४,सल्यान 
सल्यान कालिमाटी गाउँपालिकाको एक होटेलमा अन्दाजी ३६ वर्षीय पुरुष मृत फेला परेका छन् ।

 आइतबार बिहान कालिमाटी गाउँपालिका २ सेतिखोलामा रहेको न्यु मध्यपश्चिम म.म एण्ड नास्ता पसलमा सुतेका शोही वडा भानटाकुराका ३६ वर्षीय मोहनलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

आइतबार बिहान ११ बजेसम्म पनि कामी नउठेपछि होटेल शाहु उठाउन जाँदा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । घटनाको थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top