होमपेज / समाज
माघ ११,सल्यान
सल्यानको दार्मा गाउँपालिकामा ९५२ घरपरिवारको अस्थायी टहरा निर्माण गरिएको छ । विभिन्न संघ संस्था, राजनीतिक दल तथा पीडित परिवार आफैले हाल सम्म ९५२ वटा टहरा निर्माण गरेको दार्मा गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित घरपरिवार आफैले ६६६ ,नेकपा माओवादी केन्द्रले २६२ र नेपाल कम्युनिस्ट पार्टीले १७, नेपाली सेनाले ४ र नेकपा .एकीकृत समाजवादीले ३ वटा अस्थायी आवास निर्माण गरेको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनु भयो ।
हाल सम्म अस्थायी आवास निर्माणका लागि ५२० घरधुरिलाई पहिलो किस्ता वापतको रकम भुक्तानी भएको प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले बताउनु भयो । पहिलो किस्ता वापत पहिलो चरणमा १ करोड ३० लाख निकासा भएको र बाँकी निकासाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा माग गरिएको उहाँको भनाई छ । प्रति पिडित पहिलो किस्ता वापत २५ हजारका दरले रकम पिडितको खातामा निकासा भएको उहाँले बताउनु भयो ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाई गएको भुकम्पले दार्मामा मात्रै एक हजार १ सय ७९ घरमा क्षति पुगेको थियो ।





.jpg)