होमपेज / समाज
माघ ७,सल्यान
सल्यान प्रहरीले आठ सय ग्राम लागु औषध (गाँजा) सहित दुई भारतिय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहामबजारबाट दुई भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोसपुरपटी मस्जिद पास वडा न ११ बलभदापुर बस्ने २६ वर्षीय अंकित अहमद र २९ वर्षीय अबुलेसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
लुकाई छिपाई राखनेको भनी खूल्न आएपछि खोजतलास गर्ने क्रममा ८ सय ग्राम गाँजा फेला परेको उहाँको भनाई छ । दुवै जनालाई सल्यान जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।





.jpg)