ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा अटो दुर्घटनाः एक घाइते

  सल्यान खबर डेस्क २०८० माघ ४ गते बिहीबार १४:२१:०७ मा प्रकाशित

माघ ४,सल्यान 
सल्यानमा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बिहीबार दिउँसो सल्यान शारदा नगरपालिका १ श्रीनगरबाट खलंगा जाँदै गरेको रा १ ह ४२३७ नम्बरको अटो लुहापिङमा दुर्घटना भएको हो । 

दुर्घटना हुँदा शारदा नगरपालिका ६ बरला निवासी २९ वर्षीया सरस्वती परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइते परियारको बायाँ खुट्टा र छातीमा चोट लागेको र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।  अटो अनियन्त्रित भइ सडकमै पल्टिएको उहाँको भनाई छ । चालक र अटोलाई प्रहरीले नियन्त्रणमा लिएको धमलाले बताउनु भयो ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top