होमपेज / समाज
पुस २९,सल्यान
सल्यानमा तरुल खन्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ वर्षीय धन बहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
वडा न ६ जुमखोलाका अन्दाजी ४५ वर्षीय घनश्याम घर्तीले खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा करिब ५ सय मिटर माथिबाट ढुंगा पल्टाउदा तरुल खनि रहेका आललाई ढुंगाले लागेको थियो । ढुंगा लागि गम्भीर घाइते आलेको उपचारका लागि अस्पताल लिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
मृतक घर्तीको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको र ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाएको उहाँको भनाई छ ।





.jpg)