होमपेज / समाज
पुस २५,सल्यान
सल्यानमा जङ्गली बँदेलको आक्रमणबाट ११ वर्षीय बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहका ११ वर्षीय मोहन वि.क. घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आफ्नै बारीमा बाख्रा चराई रहेको अवस्थामा एक्कासि जङ्गली बँदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । वि.कको ढाड, र दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको उहाँको भनाई छ । घाइते वि.कको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पछिल्लो समय जङ्गली बँदेल बस्तीमा पस्दा अन्नबालीमा क्षति गर्नुका साथै मानवमाथि पनि आक्रमण गर्न थालेको छ । यही २१ गते नै सोही ठाउँका १४ वर्षीय संन्दिप वि.कलाई पनि बँदेलले आक्रमण गरेको थियो ।





.jpg)