ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा ट्याक्टर दुर्घटना, चालक गम्भीर घाइते

  सल्यान खबर डेस्क २०८० पौष २३ गते सोमबार १७:३८:०० मा प्रकाशित

पुस २३,सल्यान  
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका ८ मार्के स्थित भित्रि सडकखण्डमा सोमबार दिउँसो दुर्घटना भएको हो । 

मार्केबाट सल्लेतर्फ जाँदै गरेको रा १ त १९९२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा शारदा नगरपालिका ८ का २५ वर्षीय कृष्ण गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 घाइते चालकको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाको भनाई छ । ट्याक्टर अनियन्त्रित भई एक्कासी सडकमा पल्टिएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top