ट्रेण्डिङ

होमपेज / समाज

सल्यान श्रीनगर बजार दुई घण्टा बन्द

  सल्यान खबर डेस्क २०८० पौष २२ गते आइतबार १४:०६:५९ मा प्रकाशित

पुस २२,सल्यान 
आर्थिक मन्दीको समयमा मेला महोत्सव गर्न थालेको विरोधमा सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरका व्यापारीले बजार बन्द गरेका छन् । आफूसँग कुनै छलफल नै नगरी मेला सञ्चालन गर्न थालेको भन्दै विरोध स्वरुप बिहान ९ बजेदेखि ११बजेसम्म दुई घण्टा बजार बन्द गरेका हुन । 

देश आर्थिक मन्दीमा फसी रहेको समयमा जिल्लामा भएको आम्दानीको स्रोत पनि जिल्ला बाहिर जाने भएकाले मेला महोत्सव नगर्न आग्रह गर्दा गर्दै सम्बन्धित निकायले जवरजस्ती मेला सञ्चालन गर्न थालेको बजार बन्द गरेको श्रीनगर बजार व्यवस्थापन समितिका अध्यक्ष हपिस भण्डारीले जानकारी दिनु भयो ।
 जिल्ला प्रशासन कार्यालय र शारदा नगरपालिकालाई मेला सञ्चालन नगराउन ज्ञापन पत्र बुझाएको चार दिन भइसक्दा समेत त्यसको कुनै सुनुवाई नभएपछि पहिलो चरणको आन्दोलन अन्तर्गत २ घण्टा बजार बन्द गरेको उहाँको भनाई छ । 

यता मेला सञ्चालन गर्न थालेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले शारदा नगरपालिकासँग अनुमति लिएर महोत्वस सञ्चालन गर्न थालेको जनाएको छ । 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले यहि पुस २६ गतेदेखि माघ ७ गतेसम्म बृहत सल्यान महोत्सव सञ्चालन गर्दै छ । 
 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top