ट्रेण्डिङ

होमपेज / समाज

जंगली बदेलको आक्रमणबाट सल्यानमा बालक घाइते

  सल्यान खबर डेस्क २०८० पौष २२ गते आइतबार १४:०२:१७ मा प्रकाशित

पुस २२,सल्यान 
सल्यानमा जंगली बदेलको आक्रमणबाट एक बालक घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका ५ दहगाउँका १४ वर्षीय सन्दिप वि.क घाइते भएका हुन । 

घर नजिकै बाख्रा चराउन गएका वि.कलाई एक्कासी बदेलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । बदेलले विक.को हात र खुट्टामा पोकेको र श्रीनगरमा उपचार भइरहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top