ट्रेण्डिङ

होमपेज / समाज

सल्यान कपुरकोटमा कृषि मिनि ल्याब स्थापना

  सल्यान खबर डेस्क २०८० पौष १५ गते आइतबार १३:००:१९ मा प्रकाशित

पुस १५,सल्याान 
किसानको खेतबारीको माटो परिक्षण तथा रोग किराको पहिचान गर्न सल्यानको कपुरकोट गाउँपालिकाले कृषि मिनि ल्याब स्थापना गरिने भएको छ । कृषि मिनि ल्याब स्थापना भए पछि किसानलाई आफ्नो खेतबारीको माटो अनुसारको खेती गर्न र रोग किराको पहिचान गर्न सजिलो हुने छ ।

डिजिटल प्रविधिबाट माटो परीक्षण तथा रोग किराको पहिचानका लागि ‘मिनी ल्याब’ सञ्चालन आउने भएपछि किसान खुसी भएका छन् । माटो परीक्षण र रोग किरा पहिचानका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरुको बाध्यता हट्ने गाउँपालिकाले जनाएको छ  । माटोमा कुन पदार्थ कति छ,माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ ,रोग किराको उपचार कसरी गर्ने भन्ने बारे कृषि मिनि ल्याबले किसानलाई जानकारी दिन सहज हुने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

पछिल्लो समय अत्यधिक रसायनिक मल र बिषादीको प्रयोगको कारण माटोको अवस्था बिग्रदै गएको र नया रोग तथा किराहरु देखा परेकाले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) को सहयोगमा कृषि मिनि ल्याब स्थापना गर्न लागिएको  उहाँले बताउनु भयो । उँहाका अनुसार कृषि मिनि ल्याबमा पालिका भित्रका किसानले निःशुल्क तथा पालिका बाहिरका किसानले शुल्क तिरेर आफ्नो खेतबारीको माटोको परिक्षण र रोग किराको पहिचान गरी उपचार बिधि पत्ता लगाउन सक्ने छन् ।

कपुरकोट गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) बिच भएको सम्झौता बमोजिम आउँदो चैत भित्र ल्याब स्थापनाको तयारी स्वरुप आवश्यक सामग्री खरिद लगायतमा १० लाख रुपैया खर्च गरिने भएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top