ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका मनकारी व्यवसायी जसले गरे ५९ हजार आर्थिक सहयोग

  सल्यान खबर डेस्क २०८० पौष ९ गते सोमबार ०९:३१:३२ मा प्रकाशित

पुस ९,सल्यान 
सल्यान श्रीगनरमा व्यवसाय गर्दै आइरहेका एक व्यवसायीले दुवै मृगौला पिडित परिवारलाई ५९ हजार आर्थिक सहयोग गर्नु भएको छ । श्रीनगर स्थित सञ्चाद सप्लार्यसका सञ्चालक तथा राजनीतिककर्मी सन्तोष केसीले मृगौला पिडित परिवारलाई आर्थिक सहयोग गर्नु भएको हो । 

सल्यान कुमाख गाउँपालिका ५ तिमेलकाँडाका ४० वर्षीय दीपक विश्वकर्माको परिवारलाई ५९ हजार आर्थिक सहयोग गर्नु भएको हो । उपचारका क्रममा  घरको सबै सम्पत्ति सकिएर २० देखि २५ लाखसम्म ऋण लागेता पनि दुवै मृगौला पिडित विक.को भने उपचारका क्रममा गएको मंसिर महिना मृत्यु भइसकेको छ । 

पाँच जनाको परिवारलाई लालनपालन गर्न समस्या भएको भन्दै मृतकको परिवार आएपछि सहयोग गरेको सञ्चालक केसीको भनाई छ । घरको मुली मान्छेको मृत्यु भएको र आम्दानीको अर्को स्रोत समेत नभएका विश्वकर्मा परिवारलाई सहयोग गर्न पाउँदा आफूलाई पनि खुशी लागेको उहाँको भनाई छ । व्यवसायीका साथसाथै समाजसेवा समेत गर्दै आइरहेकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्न आर्थिक सहयोग गरेको उहाँको भनाई छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top