ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाडको जङ्गलमा बालकको शव फेला

  सल्यान खबर डेस्क २०८० पौष ७ गते शनिबार २१:२६:०७ मा प्रकाशित

पुस ६ सल्यान । सल्यानको जङ्गलमा  एक बालक मृत फेला परेका छन  ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. -४ , काफलपानी स्थित तारुपरे शिद्ध गुफा नजिकै  सडेको अवस्थामा एक बालकको शब सनिवार बेलुकी शब फेला परेको स्थानीय देब बहादुर बिकले जानकारी दिनु भयो । उक्त शब जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा न. -५ च्युराका  १३ बर्षिय अर्जुन बिकको रहेको उनका आफन्तले पुष्टि गरेका छ्न ।

सुस्त मनस्थिति उनी गत मंसिर २० गते देखी बाख्रा चराउन जङ्गल गएको बेला बेपत्ता भएका थिए । बालक घर देखि धेरै टाढा ४ न. वडाको तारुपारे जङ्गलमा मृत भेटिएकोले उक्त घटनाको मृतकका आफन्तले हत्याको आशङका गरेका छ्न ।

जङ्गलमा स्थानीय महिलाहरुले घांस काट्ने क्रममा बालकको  शब फेला पारेका थिए । शब सडेको अवस्थामा भएकोले केहिदिन पहिलेनै मृत्यु भइसकेको हुन सक्ने बुझिएको छ ।

घटनाको जानकारी स्थानीयले प्रहरीलाइ गरे लगत्तै अहिले ईलाका प्रहरी कार्यालय रागेचौर र ईलाका प्रहरी कार्यालय सल्लिबजार बाट प्रहरी टोलि घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top