ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु

  सल्यान खबर डेस्क २०८० पौष ७ गते शनिबार ०९:४३:४५ मा प्रकाशित

पुस ७ सल्यान 
सल्यानमा जेसिबी दुर्घटना  हुँदा  सहचालकको मृत्यु  भएको छ ।

शनिबार  बिहान बागचौर नगरपालिका  ३ स्यालागैरामा रा १ क ८५९ नम्बरको  जेसिबी दुर्घटना  हुँदा  दाङ  गडवा गाउँपालिका ५ का २४ वर्षका  सहचालक दीपेन्द्र  चौधरीको घटनास्थलमा नै मृत्यु  भएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको  छ ।

तिरु पाते कम्पनीको जेसिबि सडक निर्माणका  क्रममा  अनियन्त्रित  हुँदा  सडकबाट  अन्दाजी  १० मिटर  तल खस्दा चौधरीलाई  जेसिबिले च्यापेको जिल्ला  प्रहरी  कार्यालय  सल्यानका सूचना  अधिकारी भवानी प्रसाद धमलाले जानकारी  दिनु भयो । घटनाको  अनुसन्धान भइ रहेको उहाँको  भनाइ  छ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top