होमपेज / समाज
पुस ६,सल्यान
सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालको आयोजना र कर्णाली प्रदेश सामुदायिक वन उपभोक्ता महासङ्घको संयोजन तथा व्यवस्थापनमा दुई दिने प्रदेश स्तरीय क्षमता अभिवृद्धि तथा रणनीतिक योजना गोष्ठी वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको छ ।
गोष्ठीमा प्रदेश समिति र जिल्ला अध्यक्षहरू सहित ४५ जनाको सहभागिता रहेको कार्यक्रम बोल्ने वक्ताहरूले सामुदायिक वनले खेलेको भूमिका समेत अहम् रहेको समेत बताउनु भएको छ । २०६२र०६३ को आन्दोलन समेत महा सङ्घले ठुलो भूमिका खेलेको र अहिले वन महासंघमा नेतृत्व ५० प्रतिशत समावेशी भएको र त्यही अनुसार राज्य सञ्चालनमा सिक्दै अगाडि बढेको समेत बताउनु भएको छ । संविधानमा कुनै पनि ठाउँमा दोहोरो कर नलिने भने पनि वनमा दोहोरो तेहेरो कर लिएको त्यसमा आफूहरूले आन्दोलन गरेर अहिले एक ठाउँमा मात्र कर लिने व्यवस्था गरिएको समेत बताएका छन् । सामुदायिक वन एउटा स्वशासित, सगठित,उत्तराधिकारी अभिछिन संस्था भएको समेत बताएका छन् ।
प्राकृतिक स्रोत साधन सङ्ग वन पैदावार सङ्ग के काम गर्ने त्यो कार्य योजनामा त्यस अनुसार राख्नु पर्ने र महा सङ्घ डिभिजन वन सङ्ग समन्वय गरेर विधान कार्य योजना बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
आगामी ४ वर्षमा कसरी अगाडि बढाउन सकिन्छ । त्यसलाई कसरी सशक्त बनाउन सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो । वैज्ञानिक वन व्यवस्थापनका नाममा राज्यले वन फडानी गरेर उजाड बनाउने योजना ल्याएकोमा त्यसलाई समेत रोकेर हरियाली वन जङ्गल बनाउन सामुदायिक वन लागेको सबै अधिकार नजिक समुदायलाई दिएर संरक्षण गर्नु पर्नेमा आफूहरूले नै गरेको अहिले त्यही अनुसार अगाडि बढेको समेत बताउनु भएको छ । कार्यक्रम कर्णाली प्रदेश सभा सदस्य दक्षिणा शाही, केन्द्र वन महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष विर्ख बहादुर शाही, केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपाने, पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार धनश्याम पाण्डे लगायतले बोल्नु भएको थियो । भने कर्णाली प्रदेश अध्यक्ष भवानी प्रसाद अधिकारी अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव अनिता केसीले गर्नुभएको थियो ।





.jpg)