ट्रेण्डिङ

होमपेज / समाज

कुमाखमा उपभोक्ता समितिहरुलाई अभिमुखीकरण

  सल्यान खबर डेस्क २०८० पौष ५ गते बिहीबार २०:१२:३७ मा प्रकाशित

पुस ५,सल्यान 
सल्यानको कुमाख गाउँपालिकाले आ.व २०८०/८१ मा पालिका भित्र कार्यान्वयन हुने आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।  पुष ४ गते देखि वडागत रुपमा सुरु भएको अभिमुखीकरण बिहीबार वडा न. ४ थदरामा  सम्पन्न भएको छ । प्रत्येक वडामा पुगेर उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरुलाई पुष १० गतेसम्म अभिमुखीकरण गरिने पालिकाले जनाएको छ । 

अभिमुखीकरण कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै वडा सचिब प्रसान्त लामिछानेले अभिमुखिकारण पश्चात वडाका आयोजनाहरुको सम्झौता चरण देखि भुक्तानी चरणसम्म देखिने प्रक्रियागत एवं प्राबिधिक त्रुटीहरुलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । वडाध्यक्ष बस्नेतले अभिमुखीकरण कार्यक्रमले उपभोक्ता समितिलाइ योजना कार्यान्वयनका विभिन्न चरणमा देखा पर्ने समस्याहरु समाधान हुने बिश्वास ब्यक्त गर्नुभयो । 

 अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक तथा कुमाख गाउँपालिकाका योजना अधिकृत मान बहादुर बुढाथोकीले समिति गठन, योजना सम्झौता, एवं भुक्तानी चरण सम्मका प्रक्रियाहरु, आवश्यक पर्ने कागजातहरु, कानुनी एव नीतिगत बिषयहरुमा प्रशिक्षण दिनुभएको थियो  ।  गाउँपालिका उपाध्यक्षले अनुगमन गर्दा बिशेष ध्यान दिइने भएको हुँदा उपभोक्ता समितिहरुलाई गुणस्तरीय काम गर्न सुझाब दिनुभएको थियो । 

 गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माले संचालन गरेको कार्यक्रमको अध्यक्षता वडा न.४ का वडाध्यक्ष शोभिलाल बस्नेतले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top