ट्रेण्डिङ

होमपेज / समाज

बेमौसमी तरकारीको बजारीकरण गर्दै कपुरकोट गाउँपालिका

  सल्यान खबर डेस्क २०८० पौष ४ गते बुधबार १२:०८:२३ मा प्रकाशित

पुस ४,सल्यान 

सल्यानको कपुरकोट गाउँपालिकाले पालिकामा उत्पादित ताजा बेमौसमी तरकारीको बजारीकरण गरेर तरकारी मार्फत आत्मनिर्भर बनाउने योजनालाई अघि बढाएको छ । योजना अनुरूप कपुरकोटको तरकारी पुग्ने पश्चिम नेपालको तराईका जिल्लामा अवस्थित ठुला सहरमा स्टल निर्माण,कृषि एम्बुलेन्स सञ्चालन लगायतका कार्य अघि बढाउने भएको छ । 

बेमौसमी तरकारीको बजारीकरणका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका,कैलालीको घोडाघोडी नगरपालिका,लम्की चुहा नगरपालिका,गोदावरी नगरपालिका,बर्दियाको मधु बन नगरपालिका,बाँकेको कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकासङ छलफल गरेको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिनु भयो ।

गाउँपालिकाको १३ औँ गाउँभाबाट पारित नीति तथा कार्यक्रम अनुसार कपुरकोटको ताजा तरकारी ब्रान्डिङ,बजारीकरण,ठुला सहरमा स्टल निर्माण,कृषि एम्बुलेन्स सञ्चालन लगायतका विषयमा बिभिन्न स्थानीय तहसँग छलफल गरिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनु भयो । “कपुरकोटको बेमौसमी तरकारीको पश्चिम नेपालका बजारमा राम्रो प्रभाव देखियो तरकारीको थप बजारीकरण गर्न आवश्यक छ”। “पुनले भन्नु भयो स्थानीय तहहरू सँग भएको छलफलबाट तरकारी ग्रेडिङ र विषादी न्यूनीकरण र ल्याब टेस्ट लगायतका विषयमा केही सकारात्मक सुझाव आएका छन् आएका सुझावलाई मध्यनजर गरेर हामी अघि बढ्नु पर्छ ।

उहाँले लम्की चुहा नगरपालिकाको अत्तरिया,घोडाघोडी नगरपालिकाको सुखड, मधु बन नगरपालिकाको बढैया ताल,कोहलपुर नगरपालिकाको कोहलपुरमा कपुरकोटको तरकारी बजारीकरण गर्न स्टल निर्माणका लागि भगिनी सम्झौताका विषयमा छलफल भएको बताउनु भयो । बिभिन्न स्थानीय तह,कृषि उपज बजार केन्द्र,तरकारी उपभोक्ता,किसान तथा व्यापारीसँग भएको समन्वय बैठकबाट उत्पादनमा आधारित कृषि अनुदान,न्यूनतम समर्थन मुल्यकोष प्रभाव र अभ्यासका बारेमा जानकारी लिने काम गरिएको अध्यक्ष पुनको भनाई छ ।

कपुरकोटको ताजा तरकारीको बजारीकरणका लागि हालै पश्चिम नेपालका ठुला सहरमा रहेका स्थानीय तहहरू सँग छलफल गरेको गाउँपालिकाको टोलीले कहीँ दिन पछि पूर्व नेपालमा रहेका ठुला सहरका स्थानीय तहहरू सँग पनि बजारीकरणका विषयमा छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले बताउनु भयो । कपुरकोटको बेमाषमी ताजा तरकारी अहिले सम्म दाङ,बाँके,बर्दिया,कैलाली,कञ्चनपुर,कपिलवस्तु,रुपन्देही,चितवन,पोखरा लगायतका सहर सहित भारत सम्म निर्यात हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top