होमपेज / समाज
मङ्सिर २६,सल्यान
अन्तर्राष्ट्रिय पर्वत दिवस सल्यानमामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००३ मा घोषणा गरेपछि हरेक ११ डिसेम्बरका दिन यो दिवस मनाउने गरिएको हो ।
पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा पर्वतीय पारिस्थितिक प्रणालीको पुनर्स्थापना भन्ने रहेको छ ।
वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा,इविए दोस्रो परियोजनाले नारायण माध्यमिक विद्यालय कुमाख गाउँपालिका २ रुमाल गाउँको सहकार्यमा सोमबार अन्तर्रास्ट्रिय पर्वतीय दिवस २०२३ मनाएको छ । पर्वत र हाम्रो सम्बन्ध, जलवायु परिवर्तनले हाम्रो पर्वतहरूमा पारेको असर र हामीले भोग्नुपरेको चुनौती र अनुकूलनका उपायहरूको बारेमा प्रकाश पारि कार्यक्रम सम्पन्न भएको थियो । पर्वतीय पारिस्थितिक प्रणालीको पुनर्स्थापना गरौँ भन्ने मूल नाराका साथ कक्षा ८ १० सम्मका विद्यार्थी तथा स्कुलका शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको यस कार्यक्रम, ब्यानर तथा बिभिन्न नारा लेखिएका प्लेकार्ड सहित सहभागीहरूले र्यालीमा भाग लिएका थिए । र्याली नारायण माविबाट सुरूपै नेटा बजार परिक्रमा गरी पुनः स्कुलमा आई कोणसभामा परिणत भएको थियो ।
नारायण माविका प्रधानाध्यापक देवेन्द्र रावतको अध्यक्षतामा सञ्चालन भएको कोण सभाको सञ्चालन अन्तर्राष्ट्रिय पर्वत वर्षको इतिहास, महत्त्व र मुख्य उद्देश्यका बारेमा प्रकाश पर्दै ईविए दोस्रो सल्यान का जिल्ला आयोजना संयोजक डा। दिगम्बर सिंह दाहाल ले गर्नु भएको थियो । सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका मेटेरोलोजिस्ट श्री हिमाल सिवाकोटी, कुमाख गाउँपालिका २ का अध्यक्ष श्री ईश्वरी शाही, ईबिए दोस्रोका डा. दीपेन्द्र जोशी, लगायतले जलवायु परिवर्तन र जोखिम नयूनिकरण, अनुकूलनका उपायहरू, ईबिए दोस्रोले कुमाख २ मा गरेको लगानी र यसले पारेको सकारात्मक प्रभाव तथा नारायण माविमा गठन भएको ग्रिन क्लबले आगामी दिनमा पर्वतीय सुरक्षामा पुर्याउन सक्ने योगदान तथा आगामी योजना केके हुनसक्छन भन्ने बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको समापन अध्यक्षता गर्नुभएका प्र.अ. श्री देवेन्द्र रावतले स्कुलका भाइ बहिनीहरू देश हाँक्ने भविष्य हुन जसले जलवायु परिवर्तनको विषयलाई महत्वकासाथ अध्ययन गर्नुपर्ने र नितिनिर्माण को तहसम्म देशलाई हाँक्ने भएर भविष्य निर्माणमा लाग्नु पर्ने भन्ने सुझाव सहित ईविए परियोजना सँग हातेमालो गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै वृक्षारोपण समेत गरिएको थियो ।





.jpg)