होमपेज / समाज
२५ मङ्सिर सल्यान
सल्यानको शारदा नगरपालिका वडा नम्बर ४ ले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै कमल बितरणगरेको छ ।
सोमबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा ९४ वर्षीय बुद्धि राज न्यौपाने सहित ६८ वर्ष माथिका ७२ जना ज्येष्ठ नागरिकलाई कमल बितरण गरिएको छ ।
नगर प्रमुख प्रकाश भण्डारीले कार्यक्रममा बोल्दै पहिलो प्राथमिकता ज्येष्ठ नागरिक रहेको र आफूहरू ज्येष्ठ नागरिकहरू प्रति संवेदनशील भएर काम गरिरहेको बताउनु भयो । ज्येष्ठ नागरिकको उचित हेरचाह र स्वास्थ्यको चिन्ता गरेर नै नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण, विभिन्न शिविर तथा घरघरमा स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको बताउनु भयो ।
वडा अध्यक्ष किशोर कुमार हमालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकको तर्फबाट भोलानाथ खड्की, महेन्द्र रत्न माविका प्रधानाध्यापक प्रकाश हमालले मन्तव्य राख्नुभएको थियो ।
ज्येष्ठ नागरिकहरू प्रति जनप्रतिनिधि र स्थानीय सरकार उत्तरदायी रहेको र उहाँहरूको सम्मान स्वरूप वडाले बल्याङ्केट वितरण गरेको वडा अध्यक्ष किशोर कुमार हमालले बताउनु भयो ।
कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल,कार्यपालिmका सदस्य प्राण कुमार राई, स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमाल लगायत वडाका जनप्रतिनिधि, कर्मचारी र ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो ।





.jpg)