होमपेज / समाज
मंसिर २५,सल्यान
सल्यानमा ट्याक्टर दुर्घटनना हुँदा चालक गम्भीर घाइते भएका छन् । सिद्ध कुमाख गाउँपालिकाको ढोरचौरबाट श्रीनगर बजार आउँदै गरेको रा १ त २१०१ नम्बरको ट्याक्टर राप्ती राजमार्ग अन्तर्गत शारद नगरपालिका ६ बरलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी सल्यान शारदा नगरपालिका १ शितलपाटीका २२ वर्षिय सन्तोष बुढाथोकी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।
घाइते बुढाथोकीको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । उनको टाउको, हातखुट्टामा चोट लागेको छ । ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ ।





.jpg)