ट्रेण्डिङ

होमपेज / समाज

अदुवाले राम्रो मूल्य पाएसँगै खुसी छन् सल्यानका किसान

  सल्यान खबर डेस्क २०८० मंसिर १५ गते शुक्रबार १७:०४:०९ मा प्रकाशित

मंसिर १५ सल्यान : विगत केही वर्षदेखि अदुवाले मूल्य नपाएपछि निरुत्साहित बनेका सल्यानका किसान यस वर्ष भने मूल्य पाएपछि हर्षित भएका छन्। विगतका तुलनामा यस वर्ष उचित मूल्य पाएपछि अदुवा कृषक खुशी भएका हुन्।

गर्त वर्ष २० रुपैयाँ किलोसम्म बिक्री नभएको अदुवा यो वर्ष ५० देखि ७५ रुपैयाँ किलोसम्म बिक्री भएपछि केही यो वर्ष केही राहत मिलेको बागचौर नगरपालिका ७ दहगाउँका दिपेश डिसीले बताए।

उनले भने विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै किसानले मात्र अदुवा रोपेका थिए, तर यस वर्ष राम्रै मूल्य पाएका छौँ।

झन्डै ६ रोपनी क्षेत्रफलमा अदुवा खेती गर्दै आएका डिसीले यो वर्ष मात्र १ लाख ५० लाख बढीको अदुवा बिक्री गरेका छन्। बारीबाट नै यसवर्ष नयाँ अदुवा ५० रुपैयाँ किलो बिक्री भएको उनले बताए।

दहगाउँकै महेन्द्रराज खड्काले पनि यस वर्ष नयाँ र पुरानो गरी ६२ क्विन्टल अदुवा बिक्री गरेको बताए। ४ रोपनीमा खेती गरेका खड्काले यस वर्ष बिउ निकालेको ५५ र बिउ ननिकालेको ७५ रुपैयाँ किलोका दरले बिक्री भएको बताए।

उनले भने, 'पोहोरसम्म भएको अदुवा पनि कसलाई दिउ भन्ने हुन्थ्यो यस  वर्ष पनि बिक्री हुँदैनकी भनेर थोरै लगाइयो तर राम्रो मूल्य पायो।'

यस वर्ष किसानले अदुवामा गरेको लगानीअनुसार प्रतिफल निकालेको उनको भनाइ छ। लगानी धेरै तर प्रतिफल निकै कम थियो तर यसपालि के भएर हो अदुवाले राम्रो मूल्य पाउँदा लगानी उठेको छ उनले भने।

लगानी उठ्ने भन्दै अदुवा लगाउने किसानहरुको संख्या घट्दै जाँदा यस वर्ष भने राहत मिल्ने मूल्य पाएको अर्का किसान गणेश कुमार वलीले बताए। दुई रोपनी क्षेत्रफलमा अदुवा खेती गरेका उनले यस वर्ष गत वर्षको भन्दा मूल्य उच्च छ।

  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top