ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा बस दुर्घटना, ६ घाइते

  सल्यान खबर डेस्क २०८० मंसिर ८ गते शुक्रबार १७:५१:२९ मा प्रकाशित

मंसिर ८,सल्यान 
सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्तर्गत सल्यान शारदा नगरपालिका ६ भट्टाचौरमा दाङ्ग तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो ।

 दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका ७ जिमालीका २५ वर्षीय सहचालक लाल बहादुर शाही, बागचौर नगरपालिका २ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीयाा झुपा केसी,दाङ बबइ गाउँपाकिला ७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपाकिला ३ की ५० वर्षीया डिला खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 घाइते मध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । घाइतेहरुको श्रीनगर स्थित मेट्रो हस्पिटलमा उपचार भइरहेको उहाँको भनाई छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top