होमपेज / समाज
मंसिर ६,सल्यान
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ५ लाखरमा शहरी स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरिएको छ । नगरपालिकाबाट विकट बस्ती भएकोले त्यस क्षेत्रका नागरिक स्वास्थ्य सेवा बाट बन्चित हुँदै आइरहेका थिए । जनताले आधारभूत सेवा पाउने उदेश्य विकट बस्तीमा स्वास्थ्य सेवा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्यको माध्यमबाट जनचेतनामूलक फैलाउने र आधारभूत सेवा लिनको लागी सेवा केन्द्र उद्घाटन गरिएको नगर प्रमुख बुढाथोकीले बताउनु भएको छ । विकास विस्तारै हुने भएकोले क्रमिक रुपमा विकास भइरहेकोले यसलाई निरन्तरता दिने समेत बताउनु भएको छ । दुरदराजका बस्तीहरुलाई बिस्तारै नगरको केन्द्र सङ्ग जोड्दै गएको र विकास गर्नका जनताको साथ दिनु पर्ने बताउनु भएको छ ।
जनताले विकास माग्ने तर विकास गर्दा आफ्नो भए विरोध गर्ने अर्कोको भए समर्थन गर्ने परिपाटीको अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको छ । जनताले विकासको लागि आफुले उत्पादन मुखी हुनु पर्ने र त्यसको लागि सबै लाग्नु पर्नेमा जोड दिनु भएको छ ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, कृषि मन्त्रीका प्रमुख स्वकीय सचीव कृति बहादुर राना, स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेल, नगर रेडक्रस सोसाइटी सभापति पुष्कर विसि, बाझकोट स्वास्थ्य चौकी प्रमुख इन्द्रराज पोखरेल, लगायत स्थानीयको सहभागिता रहेको थियो । ५ न वडा अध्यक्ष पिपर खत्रीको अध्यक्षतामा भएको कार्यक्रम संचालन विरेन्द्र केसिले गर्नु भएको थियो ।





.jpg)