ट्रेण्डिङ

होमपेज / समाज

पत्रकार महासंघको २९औँ स्थापना दिवसको अवसरमा सल्यान खलङ्गामा दीप प्रज्वलन

  सल्यान खबर डेस्क २०८० मंसिर ४ गते सोमबार १८:३१:३३ मा प्रकाशित

मङ्सिर ४,सल्यान 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले आज आफ्नो २९ औँ स्थापना दिवस मनाएको छ । २०५२ मङ्सिर ४ गते तदर्थ समितिको रुपमा स्थापनमा भएको शाखाले सल्यान सदरमुकाम खलङ्गामा दीप प्रज्वलन गरी २९ औँ स्थापना दिवस मनाएको हो । 

सल्यानमा २०५२ साल उता केही रुपमा पत्रकारिता सुरु भएपनि सबै पत्रकारहरूको साझा सङ्गठन निर्माण गरेर पत्रकारिता सुरु भएको २८ वर्ष पुरा भएर २९ वर्षमा प्रवेश गरेको छ । २०५२ मङ्सिर ४ गतेबाट नेपाल पत्रकार महासंघ सल्यानको औपचारिक सुरुवात भएको थियो ।

नेपाल पत्रकार महासंघको केन्द्रबाट जिल्ला शाखा अनुमति नपाए पनि २०५२ मङ्सिर ४ गते देखि २०६४ मङ्सिर २१ गते १२ वर्षसम्म तदर्थ शाखा गठन गरेर सल्यानमा सबैको साझा पत्रकारहरूको संस्था नेपाल पत्रकार महासंघ सल्यान तदर्थ शाखा चलाइएको थियो । यो अवधिमा जिल्लामा क्रियाशील १५ जना सदस्य नपुगेकाले केन्द्रबाट शाखा ल्याउन सकेको थिएन । 

महासङ्घबाट जिल्ला शाखा विस्तार गर्न शाखामा १५ जना क्रियाशील पत्रकार हुनुपर्ने भएकाले १२ वर्षसम्म महासङ्घबाट जिल्ला शाखाको अनुमति ल्याउन नसकेको अवस्थामा भएपनि  तदर्थ समिति गठन गरेर सल्यानमा महासंघको जस्तै काम गरेको थियो ।  ।

महासङ्घबाट शाखाले २०६४ मङ्सिर २१ गते जिल्ला शाखा निर्माण गर्ने अनुमति पाएको थियो । त्यस उता र यता गरी हालसम्म ५ जना अध्यक्ष तथा संयोजक भइसकेका छन् । 

सुरुमा २०५२ मङ्सिर ४ गते तदर्थ शाखा गठन गर्दा संयोजकमा हरिशरण आचार्य चयन भएका थिए । त्यसको ४ वर्षपछि फेरी तदर्थ शाखाको भेला हुँदा २०५६ असोज २० गते सालिकराम शर्मा सभापति भएका थिए ।

त्यसै गरी २०६१ माघ ७ गते उत्तम हमाल सभापतिमा तदर्थ शाखा निर्माण गरिएको थियो । २०६४ मङ्सिर २१ गते नेपाल पत्रकार महासङ्घबाट जिल्ला शाखाको स्वीकृति प्राप्त भएपछि ६४ माघ २१ गते उत्तम हमालको सभापतिमा जिल्ला शाखा निर्माण भएको थियो ।

त्यसपछि क्रमशः जिल्ला शाखा हुँदै २०६७ माघ २७ गते रमेश कुमार गौतम अध्यक्षता, २०७० फागुन २७ गते सालिकराम शर्मा अध्यक्ष, तत्कालीन अध्यक्ष सालिकराम शर्माको मृत्यु पछि २०७३ साल जेठ २० गते सनत कुमार शर्मा कार्यबहाक अध्यक्ष र हाल आएर २०७३ फागुन २१ गते प्रतीक इच्छुक शर्मा अध्यक्ष हुनु भयो भने अहिले अध्यक्षमा नवीन पौडेल र  हाल कार्यबहाक अध्यक्ष शङ्कर केसी रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top