ट्रेण्डिङ

होमपेज / समाज

सल्यानका एक युवाले वितरण गरे व्यक्तिगत लगानीमा १ सय ६५ घरलाई खाद्यन्न

  सल्यान खबर डेस्क २०७६ चैत्र १८ गते मंगलबार १२:४२:०३ मा प्रकाशित

चैत १८, सल्यान
सल्यानका एक युवाले आफ्नो व्यक्तिगत लगानीमा १ सय ६५ घरधुरीलाई खाद्यन्न वितरण गरेका छन् । जिल्लाको दार्मा गाउँपालिका ५ का विशाल सिहंले तीन लाख बराबरको खाद्यन्न वितरण गरेक हुन । 
कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले लकडायन गरेपछि अति विपन्न र दैनिक मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्ने घरधुरीलाई खाद्यन्न वितरण गरेको विशाल सिहंले बताए ।
 वडा भित्रका दैनिक मजदुरी गर्ने, वृद्धवृद्धा, अपांगता भएका, दलित परिवारका १ सय ६५ घरपरिवारलाई एक महिना पुग्ने गरी खाद्यन्न वितरण गरिएको उनको भनाई छ । उनले प्रति परिवार १÷१ वटा २५ किलोको १सय ६५ बोरी चामल,  १ सय ६५ पोका नुन र तेल, १ सय ६५ पिस साबुन, र ३ सय ५० पोस मास्क वितरण गरेका छन् ।
आप्mना स्वर्गीय हजुरबुवाको सम्झनामा वडाका जलेखर्क, पोखरापुल, ढाकाडामकोट, सिमलनेटा र पातिहाल्नाका स्थानीयलाई खाद्यन्न वितरण गरिएको सिहंको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top