होमपेज / समाज
रुकुम पश्चिममा जीप दुर्घनामा हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चौरजहारी नगरपालिका १३ का ४५ वर्षीय मस्तबहादुर ओली मृत्यु भएको हो ।
उक्त दुर्घटनामा घाईते भएका २१ जना मध्य ६ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई हेलिकम्टर मार्फत उपचारका लागि काठमाण्डौ लिने तयारी गरिएको छ भने अन्यलाई चौरजहारी अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिका १३ को रातामाटाबाट जिल्ला सदुरमुकाम खलंगा आउने क्रममा चौरजहारी ८ गोइरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीप मध्यपहाडी राजमार्ग अन्तर्गत गैरीजिउला सडक खडण्डबाट भेरी नदिमा खसेको थियो । जीपमा क्षमता भन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले आँकलन गरेको छ ।





.jpg)