ट्रेण्डिङ

होमपेज / समाज

देउसी भैलोमा उठेको रकम सल्यान दार्माका भूकम्प पीडितलाई

  सल्यान खबर डेस्क २०८० मंसिर २ गते शनिबार १४:५०:४० मा प्रकाशित

मङ्सिर २,सल्यान 

तिहारमा देउसी भैलो खेलेर उठेको रकमलाई सल्यान युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन् । देउसी भैलो खेलेर उठेको रकम खानपिनमा खर्चेर दुरुपयोग हुने भन्दै उनीहरूले उक्त रकम सामाजिक कार्यमा लगाएका हुन । 

बागचौर नगरपालिका ९ कुयापानीमा रहेको स्टार युवा क्लबले देउसी भैलोबाट सङ्कलन भएको रकमको ८० प्रतिशत भूकम्प पीडितलाई सहयोग गरेको छ । गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षति पु¥याएको दार्मा गाउँपालिकामा पुगी भैलोबाट सङ्कलन भएको रकमबाट भूकम्प पीडितलाई सहयोग गरेको क्लबका सल्लाहकार प्रभाकर ओलीले बताउनु भयो । उहाँका अनुसार देउसी भैलोबाट सङ्कलन भएको रकमबाट दार्मा भूकम्प पीडितलाई सहयोगार्थ ४० थान कम्बल, २० थान जग, २० थान थाली र १५थान म्याट वितरण गरिएको बताउनु भयो । विपत्तिमा सबैले सकेको सहयोगमा जुट्नु पर्ने भएकाले पीडितलाई थोरै भएपनि सहयोग होस भनेर सहयोग गरेको ओलीले बताउनु भयो । 

यस्तै शारदा नगरपालिका १ पटनेरिका दुई समूहले तिहारमा सङ्कलन भएको रकम क्यान्सर पीडित र मिर्गौला पीडितलाई हस्तान्तरण गरेका छन् । पटनेरि निवासी क्यान्सर पीडित रुपा बुढाथोकीलाई २५ हजार, रिठ्ठा बहादुर खत्रीलाई १५ र मिर्गौला पीडित नवजार बोहरालाई ५ हजार रुपैयाँ हस्तान्तरण गरिएको सन्देश राईले जानकारी दिनु भयो । गत वर्ष पनि दुई जना जना पीडितलाई देउसी भैलोबाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको बताउँदै यस वर्ष पनि रकम  हस्तान्तरण गएको उहाँले बताउनु भयो । सङ्कलन भएको रकम फजुल खर्च गरेर सक्नु भन्दा उपचारको अभावमा छटपटाई रहेका बिरामीलाई सहयोग गर्नु उचित ठानेर विगतका वर्षहरूदेखि क्यान्सर पीडितलाई सहयोग गर्दै आइरहेको बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top