होमपेज / समाज
कात्तिक २१,सल्यान
सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिम जान थालेको भे १ ख ४१३५ नम्बरको र्फोस गाडी सल्यान बनगाड कुपिण्डे नगरपालिका ४ गर्चे नजिक कोटखोलामा मंगलबार बिहान दुर्घटना भएको हो ।
घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ की ३२ वर्षीया विमला नेपाली, ३० वर्षीया मनिषा वि.क, २१ वर्षीया पवित्रा नेपाली, ५८ वर्षीया रुपा घर्ती, ८ वर्षीय कञ्चन वि.क ६० वर्षीया मिना राई, ३२ वर्षीया निर्मला राना र सल्यान कुमाख गाउँपालिका २ की २४ वर्षीया तुल्सी राना घाइते भएको इलाका प्रहरी कार्यालय देलस्थलका इन्चार्ज हरि बहादुर खत्रीले जानकारी दिनु भयो ।
उहाँका अनुसार मिना राई, निर्मला राना र रुपा घर्ती गम्भीर घाइते भएको र उनीहरुको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उहाँको भनाई छ । अन्य घाइतेहरुको रुकुम पश्चिम स्थित चौरजहारी मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गाडी चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।





.jpg)