होमपेज / समाज
कात्तिक २१, सल्यान
दार्मा गाउँपालिकालाई कर्णाली प्रदेश सरकारले राहत सामाग्री हस्तान्तरण गरेको छ ।
गत शुक्रबार राति गएको भूकम्पबाट दार्मामा भौतिक क्षति भएपछि कर्णाली प्रदेश सरकारले तत्कालका आवश्यक सामाग्री गाउँपालिकालाई मंगलबार हस्तान्तरण गरेको हो ।
कर्णाली प्रदेशका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माका अनुसार पहिलो चरणमा त्रिपाल, कम्बल,टेन्ट, पिफर्म हस्तान्तरण गरिएको छ । तीन सय थान त्रिपाल, २सय ५० थान कम्बल, २० थान टेन्ट र ३ रोल पिफर्म भूकम्पपिडितका लागि पालिकालाई हस्तान्तरण गरिएको बताउनु भयो ।
मन्त्री शर्माले भूकम्पबाट भएको क्षतिग्रस्त गाउँको निरिक्षण गर्दै भूकम्प पिडितलाई राहत सामाग्री समेत वितरण गर्नु भएको छ । उहाँले निरिक्षणका क्रममा जिल्लामा मानवीय क्षति नभए पनि भौतिक क्षति धेरै व्यर्होनु परेकाले क्रमशः भूकम्पपिडितहरुलाई क्षतिका आधारमा राहत वितरण गरिने बताउनु भयो ।
दार्मा गाउँपालिमा मात्र ७ सय ९४ घर पुर्ण रुपमा क्षती र बस्न नमिल्ने गरि क्षती भएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । उहाँका अनुसार जस बाट २ हजार ४ सय ९७ नागरिक प्रभावित भएका छन ।





.jpg)