ट्रेण्डिङ

होमपेज / समाज

सल्यान बनगाड नगरपालिकाद्वारा भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग

  सल्यान खबर डेस्क २०८० कार्तिक २१ गते मंगलबार ०५:४६:३४ मा प्रकाशित

कार्तिक  २१ सल्यान

सल्यान वनगाड कुपिण्डे नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत सामाग्री सहयोग गरेको छ ।

भूकम्पमा परी ठुलो जनधनको क्षतिको सामना गरेका पीडित परिवारलाई राहत सहयोग गरेको हो ।
कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाई ६.४ हेक्टरको भुकम्पमा परेर मानवीय तथा भौतिक क्षतिको सामना गरिरहेको जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकाको लागि ४३ वटा बलाङ्केट र १२ काट्नु तत्काल आवश्यक पर्ने औषधि सहयोग हस्तान्तरण गरिएको छ ।

 रुकुम पश्चिम आठविसकोट नगरपालिकामा १८ वटा बलाङ्केट ६ काटुन औषधि सहयोग हस्तान्तरण गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ । साथ सानोभेरी गाउपालिकामा २० बोरी चामल सहयोग गरिएको उप प्रमुख पुरुषोत्तम आचार्यले जानकारी दिनु भएको छ ।

छिमेकी जिल्ला विपत्तिमा परेको बेला केही सानो भएपनी सहयोग गरेको नगरपालिका जनाएको छ नगरपालिका दुई वटा एम्बुलेन्स स्वास्थ्यकर्मी र स्कारपियो समेत उद्धारको लागि सहयोग गरेको थियो ।

राहत सहयोग लिएर नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, उप प्रमुख पुरुषोत्तम आचार्य, र ६ न वडा अध्यक्ष गणेश विसि भुकम्प पीडित क्षेत्रमा गएर मृतक परिवार  र घाइतेहरुको भेटघाट समेत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top