ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा भुकम्पबाट ५२६ घरमा  क्षति

  सल्यान खबर डेस्क २०८० कार्तिक २० गते सोमबार १६:२१:४२ मा प्रकाशित

कार्तिक २० सल्यान   
सल्यानमा भुकम्पबाट  ५२६ घरमा  क्षती भएको  छ । गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको  भुकम्पबाट सल्यानमा ५२६ घरमा  क्षती पुगेको  हो ।

९५ घर पुर्ण,२५६ आंशिक  र १७२ घरमा  सामान्य  क्षती पुगेको  जिल्ला प्रशासन  कार्यालय  सल्यानले जानकारी  दिएको छ ।कार्यालयका अनुसार  सबै भन्दा बढी  दार्मा गाउँपालिकामा  ३९८ घरमा क्षती पुगेको प्रमुख  जिल्ला अधिकारी बेद प्रशाद खरेलले जानकारी  दिनु भयो । दार्मामात्र ९३ वटा पर्ण, २३६ आंशिक  र ६८ घरमा सामान्य  क्षती पुगेको  उहाँले बताउनु भयो । क्षतिको विवरण  संकलन भइ  रहेकोे  र क्षतिको विवरण  बढन सक्ने उहाँले बताउनु भयो । 

यस्तै  बागचौर नगरपालिकामा २६, बनगाड कुपिन्डे नगरपालिकामा ५२,कपुरकोट गाउँपालिकामा २६,सिद्ध कुमाख गाउँपालिकामा २०, शारदा  नगरपालिकामा ३, त्रिवेणी गाउँपालिकामा १ घरमा  क्षती पुगेको  खरेलले  जानकारी  दिनु भयो । 

भुकम्पले क्षती पुगेपछी पीडित  खुला  आकाशमुनी बस्न बाध्य भएका छ्न । पीडितले जाजरकोट  र रुकुम  पश्चिममा केन्द्रित  भएको तर आफुलाइ वास्ता नगरेको उनीहरुको  गुनासो रहेको छ ।

मानवीय  क्षती नभए  पनि रुकुम  र जाजरकोट  बराबर  भौतिक  क्षती भएको  दार्मा  गाउँपालिका अध्यक्ष  निम बहादुर के सी ले बताउनु भयो । दार्माका धेरै  नागरिक  खुला  आकशमुनी बस्न बाध्य भएको  र पालिकाको स्रोतले राहत  वितरण  गरि रहेको के सीको भनाइ  छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top