होमपेज / समाज
कात्तिक १९,सल्यान
हमासको आक्रमणबाट इजरायलमा मारिनु भएका विद्यार्थी प्रवेश भण्डारीको शव परिवारलाई बुझाइएको छ ।
हिजो इजरायलबाट काठमाण्डौं ल्याएको सल्यान शारदा नगरपालिका ३ सिरुवारका भण्डारीको शव नेपाल सेनाको हेलिकप्टर मार्फत सुर्खेत ल्याइएको थियो । सुर्खेतबाट दाङ हुदै आज साँझ सल्यान ल्याएर परिवारलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
परिवारले आज नै प्रवेशको शव दाहसंस्कार गरेका छन् । दाहसंस्कारमा सुरक्षा निकाय, लगायत स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । प्रवेश यही भदौ २० गते मात्र इजरायलका हिँडेका थिए । उनी एक्लो छोरा थिए ।
लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान क्याम्पसबाट इन्टर्नका लागि इजरायल गएकामध्ये १० जना विद्यार्थीको हमास आक्रमणमा परी ज्यान गएको थियो ।





.jpg)