ट्रेण्डिङ

होमपेज / समाज

भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुग्यो १६६ घाइते

  सल्यान खबर डेस्क २०८० कार्तिक १८ गते शनिबार १७:०९:३२ मा प्रकाशित

कात्तिक १८,सल्यान 
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । 
जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी १०५ जनाको मृत्युु भएको छ  भने ८१ जना घाइते भएका छन् । यस्तै रुकुम पश्चिममा २७ महिाला र २५ पुरुष गरी ५२ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

यसैगरी जुम्लामा २ महिला र १ पुरुष घाइते भएका छन् भने दैलेखमा ३ जना पुरुष घाइते भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार सख्त घाइतेमध्ये जाजरकोटका १३ जना प्रदेश अस्पताल सुर्खेतमा र २३ जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
त्यस्तै रुकुम पश्चिमका ८ जनाको नेपालगञ्ज मेडिकल कलेजमा, १२ जनाको प्रदेश अस्पताल सुर्खेतमा र ७ जनाको टिचिङ अस्पताल, काठमाडौंमा उपचार भइरहेको छ । यसैगरी दैलेखका घाइतेहरूको जिल्ला अस्पताल दैलेख र जुम्लाका घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।
संघ सरकारसँगको समन्वयमा कर्णाली प्रदेश सरकारले नेपाली सेनाका तीन वटा हेलिकप्टरबाट घाइतेहरूको उद्धार गरी उपचारका लागि सुर्खेत र नेपालगञ्ज पु¥याइएको मन्त्री जिसीले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुर्खेतबाट भूकम्प प्रभावितहरूका लागि आज बिहान ७ ट्रक खाद्यान्न तथा त्रि–पाल, कपडा पठाइएको छ । थप राहत तथा सहायता सामाग्री नेपाली सेनाको स्काइ ट्रकबाट भूकम्प प्रभावित क्षेत्र पठाउने काम युद्ध स्तरमा भइरहेको मन्त्री जिसीले बताउनुभयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top