होमपेज / समाज
कात्तिक १८,सल्यान
गएराती जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट सल्यानका २५ घरमा पूर्ण रुपमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हालसम्म कुनै मानवीय क्षति नभएपनि भौतिक क्षति भने भएको जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा धेरै दार्मा गाउँपालिकामा क्षति भएको छ । दार्मा, कुमाख, सिद्ध कुमाख र शारदा नगरपालिकामा २५ घरमा पूर्णरुपमा क्षति, ५३ घरमा आशिंक क्षति र १९ घरमा सामान्य चर्किएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो । अन्य पालिकाहरुको पनि क्षतिको विवरण संकलन भइरहेको उहाँको भनाई छ ।
यस्तै जाजरकोटमा भएको भूकम्पको क्षति धेरै भएपछि सल्यानका स्थानीय पालिकाहरुले पनि औषधी सहितको स्वाथ्यकर्मी पठाएका छन् । बनगाड कुपिण्डे नगरपालिकाका मेयर कर्ण बहादुर बुढाथोकीको नेतृत्वमा शनिबार बिहानै औषधी, स्वाथ्यकर्मी लिएर जाजरकोट पुग्नु भएको छ भने दार्मा गाउँपालिकाले पनि वडाध्यक्षलाई रुकुम पश्मिम पठाएको छ । शारदा नगरपालिकाले राहत सामाग्री पठाएको छ ।





.jpg)